समाचार डोल्पाको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमाले विजयी
Ujyaalo

डोल्पा, मंसिर २२ – प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका धनबहादुर बुढा ११ हजार ७६१ मत प्राप्त गरी विजयी हुुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा ‘क’ मा पनि वाम गठबन्धनका नन्दसिहं बुढा पाँच हजार ४९० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी कांग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत प्राप्त गर्नुभयो । प्रदेशसभा ‘ख’ मा भने मतगणना भइरहेको छ । रासस

 

Share It

Post Comments
थप समाचार