समाचार काठमाडौं ७ मा मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएको भन्दै राप्रपाका प्रतिनिधिले मतगणना बहिष्कार गरे
Ujyaalo

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, मंसिर २२ –काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना अवरुद्ध भएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रमबहादुर थापाका प्रतिनिधिले मतगणनास्थल छोडेर हिँडपछि मतगणना रोकिएको हो ।

एउटा मतदान केन्द्रको मतगणना सकिएर अर्को केन्द्रको मतगणना सुरु गर्ने क्रममा विवाद भएपछि मतगणना अवरुद्ध भएको हो । सात वटा मतपेटिका खोल्ने क्रममा मुचुल्कामा भन्दा ३ भोट बढी भेटिएपछि राप्रपा उम्मेदवारका प्रतिनिधिहरु धाँधली भएको भन्दै मतगणनास्थल छाडेर हिँडेका थिए ।

राप्रपाका प्रतिनिधिले मतगणनास्थल छाडेपछि वाम गठबन्धनका प्रतिनिधिले मतगणना सुरु गर्न आग्रह गरे पनि निर्वाचन कार्यालयले राप्रपाका प्रतिनिधि नभै मतगणना सुरु गर्न नसकिने बताएको छ । एक घण्टादेखि काठमाडौं ७ को मतगणना रोकिएको छ ।

काठमाडौं ७ मा नेकपा एमालेका रामवीर मानन्धर र राप्रपाका विक्रमबहादुर थापाबीचमै प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार रामवीर मानन्धरले ५०२५ मत प्राप्त गर्नुभएको छ । राप्रपाका विक्रमबहादुर थापाले २७९२ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार