समाचार कैलाली–४ मा लेखराज भट्टलाई सुरुवाति अग्रता
Ujyaalo

कैलाली, मंसिर २२ – कैलाली क्षेत्र नम्बर ४ मा नेकपा माओवादीका उम्मेदवार लेखराज भट्टले तीन सय मत ल्याएर सुरुवाति अग्रता लिनुभएको छ ।

शुक्रबार रातिदेखि मतगणना सुरु भएको कैलाली चारमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका भट्टले ३०० सय मत ल्याएर अग्रता लिनुभएको हो । उहाँलाई नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले एक सय ४४ मत ल्याउनुभएको छ ।

प्रदेशसभा क मा एमालेका दीर्घबहादुर सोडारीले १७३ तथा नेपाली कांग्रेसका यज्ञराज चौधरीले १०१ मत ल्याउनुभएको छ । यस्तै प्रदेशसभा ख मा कृष्ण राज सुवेदीले १८९ र नेपाली कांग्रेसका हिरादत्त भट्टले ८२ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार