समाचार खसेको आधा मत गन्ती गर्दा बाबुराम नारायणकाजी भन्दा २५ सय मतले अगाडि
Ujyaalo

मंसिर २२ – गोरखा क्षेत्र नम्बर २ मा खसेको आधा मत गन्ती गर्दा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठभन्दा डा. बाबुराम भट्टराई झण्डै २५ सय मतले अगाडि हुनुहुन्छ ।


क्षेत्र नम्बर २ मा खसेको ६० हजार १०९ मतमध्ये शुक्रबार राती साढे ११ बजेसम्म ३० हजार ५४० मतपत्र गनिएको छ । त्यति मतपत्र गन्ती गर्दा बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठभन्दा २४ सय ६६ मतले अगाडि हुनुहुन्छ ।


मतपरिणाम अनुसार भट्टराई १५ हजार ६२१ मत ल्याएर अगाडि हुनुहुन्छ । नारायणकाजीले बाबुरामलाई पछ्याउँदै १३ हजार १५५ मत प्राप्त गर्नुभएको छ । गोरखामा सुरुवाती चरणमा भने श्रेष्ठ अगाडि हुनुहुन्थ्योे । सर्वाधिक चर्चामा रहेको गोरखा २ मा भट्टराई र श्रेष्ठको बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Share It

Post Comments
थप समाचार