समाचार पहिलो चरण चुनाव हुने जिल्लामा चुनावको दिन मौसम सफा रहने
Ujyaalo

काठमाडौं, मंसिर ८ – आइतबार चुनाव हुने ३२ जिल्लामा चुनावको दिन मौसम सामान्यतया सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । उच्च हिमाली क्षेत्रमा चिसो बढेपनि पानी पर्ने वा हिमपातको सम्भावना नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सि आइतबार पहाडी क्षेत्रको मौसम आशिंक बदली भएपनि धेरै ठाउँको मौसम सामान्यतया सफा हुनेछ । मौसमले मतदानमा कुनै असर नगर्ने उहाँले बताउनुभयो ।

यस्तै शुक्रवार देशभरी कै मौसम सफा हुने मौसमविद् प्रधानाङगको भनाई छ । बिहिबार ७ दशमलव २ डिग्री सेल्सियसमा झरेको काठमाडौंको बिहानको तापक्रम ७ दशमलव ४ डिग्री मापन गरिएको उहाँले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार