समाचार तेह्रथुममा पनि एमालेको सुरुवाति अग्रता, एउटा प्रदेशसभामा कांग्रेस
Ujyaalo

तेह्रथुम, मंसिर २३– तेह्रथुमको पहिलो मत परिणाम सार्वजनिक भएको छ । एमालेका भवानीप्रसाद खापुङले अग्रता लिनु भएको छ । उहाँले २ हजार १ सय ४६ मत पाउँदा नेपाली कांग्रेसकी सीता गुरुङले १हजार ८ सय ४९ मत पाउनु भएको छ ।

प्रदेशसभामा एउटामा कांग्रेस र अर्कोमा एमालेले अग्रता लिएको छ । प्रदेशसभा क मा कांग्रेसका गोविन्दप्रसाद ढुंगानाले ९ सय ९६ मत पाउनु भएको छ भने, एमालेका लछुमन तिवारीले ८ सय ८२ मत पाउनु भएको छ ।

प्रदेशसभा ख मा एमालेका तेजमान कन्दङवाले १ हजार १ सय ७६ मत पाउनु भएको छ भने कांग्रेसका विजय सम्वाहाम्फेले ५सय ३० मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार