समाचार उदयपुर १ मा कांग्रेसका नारायण खड्कालाई अग्रता
Ujyaalo

उदयपुर, मंसिर २३– उदयपुर क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्काले झिनो अग्रता लिनु भएको छ । पछिल्ले मत परिणाम अनुसार उहाँले ३ हजार ५ सय ९९ मत पाउनु भएको छ ।

उहाँका प्रतिस्पर्धि एमालेकी मन्जुकुमारी चौधरी ३ हजार १ सय ६३ मत पाउनु भएको छ । क्षेत्र नम्बर १ को प्रदेशसभा क मा एमालेका विमल कार्कीले २ हजार ४ सय १६ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि कांग्रेसका विदुर वस्नेतले २ हजार २१ मत पाउनु भएको छ ।

प्रदेशसभा ख मा नेपाली कांग्रेसका हिमाल कार्की अगाडी हुनुहुन्छ । उहाँले २ हजार ८ सय २७ मत पाउनु भएको छ । माओवादीका रामबहादुर थापा मगरले २ हजार २ सय ८८ मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार