समाचार धनुषामा राजेन्द्र महतो अघिअघि, बिमलेन्द्र निधि पछिपछि
Ujyaalo

धनुषा, मंसिर २३ – धनुषामा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोको अग्रता कायमै रहेको छ । पछिल्लो नतिजा अनुसार महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँगको मतअन्तर २ हजार ३६ पुर्याउनुभएको छ । महतोले १२ हजार २ सय ९५ मत ल्याउनुभएको छ भने निधिले १० हजार २ सय ६० मत पाउनुभयो ।

क्षेत्र नम्बर १ वाम गठबन्धनका मातृका प्रसाद यादवले २ हजार १ सय ७३ मतसहित पहिलो स्थानमा हुनुहुन्छ भने संघीय समाजवादी फोरमका दिपक कार्की १ हजार २ सय ३३ मतसहित दोस्रो र नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना १ हजार ५१ मत ल्याउँदै तेस्रो स्थानमा हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालको अग्रता छ । फोरमका उमाशंकर अरगरियाले ५ हजार ३ सय ७१ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका रामचन्द्र झाले ३ हजार ५ सय ८८ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका रामकृष्ण यादवको २ हजार ५ सय ५६ मत छ ।

क्षेत्र नम्बर ४ मा पनि फोरमकै अग्रता छ । फोरमका महाजन यादव २ हजार २ सय ३५ मत सहित पहिलो स्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका महेन्द्र यादवले २ हजार २ सय ३० मत प्राप्त गर्नुभएको छ भने एमालेका रघुवीर महासेठले १ हजार ३ सय ४५ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार