समाचार भीम रावल ५ मतले पछाडि
Ujyaalo

अछाम, मंसिर २३ – पछिल्लो मत परिणाम अनुसार अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा एमाले उपाध्यक्ष भीम रावल कांग्रेस उम्मेद्वार भरत कुमार स्वार भन्दा ५ मतले पछाडि पर्नुभएको छ ।

६३२८ मत गणना हुँदा स्वारले ३०७३ र रावलले ३०६८ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा ‘क’ मा कांग्रेसका मेघराज खड्का एमालेका गोविन्द कुँवर भन्दा १४१ मतले अगाडि हुनुहुन्छ । खड्काले १६६१ र कुँवरले १५२० मत प्राप्त गर्नुभएको छ ।

कर्मचारी थाकिएपछि केही समयका लागि मतगणना स्थगित गरिएको छ । प्रदेशसभा ‘ख’ मा भने बिहान ८ बजेदेखि मात्र मतगणना सुरु हुने भएको छ ।

 

Share It

Post Comments
थप समाचार