समाचार कमल थापालाई एक हजारभन्दा बढी मतले पछि पारे दाहालले
Ujyaalo

मकवानपुर, मंसिर २३ –मकवानपुर क्षेत्र नंं. १ मा राप्रपाका कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछि पार्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार थापाले १० हजार ३ सय ३८ मत ल्याउँदा दाहालले ११ हजार ३ सय ६९ मत ल्याउनुभएको छ ।

दाहाललाई भेट्टाउन थापालाई निकै नै कसरत गर्नुपर्ने देखिन्छ । सुरुवाति मतगणनादेखि नै यस क्षेत्रमा कमल थापा पछाडि पर्दैै आउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार