समाचार धादिङ २ मा एमालेका खेम लोहनीले मुश्किलले जिते
Ujyaalo

धादिङ, मंसिर २३ – धादिङ क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार खेमप्रसाद लोहनी विजयी हुनुभएको छ ।

एमालेका लोहनीले कांग्रेस उम्मेदवार भन्दा ६ सय ३९ मत मात्रै बढि ल्याएर विजयी हुनुभएको हो । लोहनीको ३६ हजार २ सय ५३ र पाख्रिनको ३५ हजार ६ सय १४ मत आयो ।

जबकी धादिङ क्षेत्र नंं. १ मा एमालेका भूमि त्रिपाठीले अहिलेसम्मकै फराकिलो मतान्तर अर्थात प्रतिष्पर्धी भन्दा २७ हजार बढि मत ल्याएर विजयी हुनुभएको छ ।

Share It

Post Comments
थप समाचार