समाचार पूर्व डिआइजी सिलवालले २ हजारको अग्रताले ललितपुर १ बाट बाजी मार्लान् त ?
Ujyaalo

ललितपुर, मंसिर २३ –ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल १०२४८ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले ८२७७ मतसहित पछ्याइ रहनुभएको छ ।

केही समयअघि प्रहरी नायव महानिरीक्षकबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश गरेलगत्तै एमालेले टिकट दिएको थियो ।

२०७० मा ३ वटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले यो पल्ट दुई क्षेत्र गुमाइसकेको छ । नतिजा आउन बाँकी रहेको ललितपुर १ मा पनि नेकपा एमालेका उम्मेदवार तथा पूर्व डिआइजी नवराज सिलवाल अगाडि रहनुभएको छ ।

यसअघि ललितपुर ३ मा माओवादी नेतृ पम्फा भुषाल विजयी हुनुभएको छ । उहाँले २४ हजार ३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गर्नुभयो ।

सुरुवाती रुझानदेखि नै अमात्यले अग्रता कायम गरे पनि माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुषालले शुक्रबार बेलुकीदेखि अग्रता हासिल गर्नुभएको थियो ।

पार्टी विभाजनपछि केही समय उहाँ माओवादी वैद्य समूहमा लागे पनि पछि मूल पार्टी माओवादी केन्द्रमै फर्कनुभएको थियो । उहाँ माओवादी केन्द्रकी प्रवत्ता पनि हुनुहुन्छ । मदनबहादुर अमात्य भने २०७० सालमा ललितपुर ३ बाटै निवाृचित हुनुभएको थियो ।

Share It

Post Comments
थप समाचार