समाचार डोटीमा वाम गठबन्धनको अग्रता
Ujyaalo

विमल विष्ट/उज्यालो ।

डोटी, मंसिर २३ – डोटीमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदावार प्रेमबहादुर आलेमगरले ४ हजार ६१ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वीरबहादर बलायरले ३ हजार ४ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा ‘क’ मा वाम गठबन्धनले अग्रता लिएको छ । वाम गठबन्धनका उम्मेदवार चक्रबहादुर मल्लले २ हजार २ सय २१ र कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का १ हजार ९ सय ६८ मत ल्याउनुभएको छ ।

प्रदेशसभा ‘ख’ मा पनि गठबन्धनका त्रिलोचन भट्टको अग्रता लिनु भएको छ । भट्टले १ हजार ९ सय ४५ मत ल्याउनु भएको छ भने कांग्रेसका योगेन्द्रबहादुर शाहीले १ हजार ८ सय ९१ मत ल्याएर पछ्याइरहनु भएको छ ।

 

Share It

Post Comments
थप समाचार