समाचार मौन अवधिको पूर्वसन्ध्यामा हवाइ फायरिङ
Ujyaalo


रसुवा, मंसिर ८ – रसुवाको कालिका गाउँपालिका–२ चिउरीबोटमा प्रहरीले बिहिबार राति १३ राउण्ड हवाइफायर गरेको छ । नेकपा एमालेले काभ्रेमा चुनावी प्रचार सकेर कालिकास्थान जाने क्रममा नयाँ शक्तिले आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिनका लागि हवाइफायर गरेको प्रहरीले जनाएको छ ।

नयाँ शक्तिले मेस चलाएर बसेको चिउरीबोट भन्ने स्थानमा ढुङ्गा राखेर बाटो अबरोध गरेका र एमालेका दुई ओटा गाडिमा आक्रमण गरेपछि प्रहरीले रोक्न खोज्दा प्रहरीको गाडिमा पनि आक्रमण गर्न खोजेपछि हवाइफायर गरिएको प्रहरी नायब उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

आक्रमणबाट बा १६ च ५७५४ नम्बरको स्कार्पियोमा क्षति पुगेको छ ।

Share It

Post Comments
थप समाचार