समाचार धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
Ujyaalo

धादिङ, मंसिर २३ – धादिङमा एमालेका दुई उम्मेदवारको मतपरिणाम रोचक देखिएको छ । क्षेत्र नम्बर १ मा भूमिप्रसाद त्रिपाठी अहिलेसम्मकै फराकिलो मत अन्तरले विजयी हुनुभयो भने क्षेत्र नम्बर २ मा खेमप्रसाद लोहनीले मुश्किलले जित्नुभएको छ ।

त्रिपाठीले प्रतिष्पर्धीभन्दा झण्डै २८ हजारको मतान्तरले विजयी हुनुभएको छ । उहाँ ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनुभयो । देशभर अहिलेसम्म विजयी हुने उम्मेदवारमध्ये त्रिपाठीको मतान्तर नै धेरै देखिन्छ ।

तर धादिङ क्षेत्र नं. २ मा विजयी एमालेका उम्मेदवार खेमप्रसाद लोहनीको मतान्तर भने कम छ । एमालेका लोहनीले कांग्रेस उम्मेदवार भन्दा ६ सय ३९ मत मात्रै बढि ल्याएर विजयी हुनुभएको हो । लोहनीको ३६ हजार २ सय ५३ र पाख्रिनको ३५ हजार ६ सय १४ मत आयो ।

क्षेत्र नं. १ मा जित हुन्छ भनेर वाम गठबन्धनले पहिल्यै अनुमान लगाएको थियो । तर क्षेत्र नम्बर २ मा जित हुन्छ भन्नेमा उनीहरु ढुक्क थिएनन् । २ नम्बरमा कांग्रेस र राप्रपाको गठबन्धनलाई हराउन वाम गठबन्धनलाई मुश्किल देखियो ।

 

Share It

Post Comments
थप समाचार