समाचार धनकुटामा बम विष्फोट, एक पैदालयात्री घाईते
Ujyaalo

सिद्धराज राई/उज्यालो ।
धनकुटा, मंसिर ८ – धनकुटाको फुङसुवा खोला नजिक बम विष्फोट भएको छ । धनकुटा नगरपालिका –९ र खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिका –७ को सिमानामा पर्ने फुङसुवा खोला क्षेत्रमा वाम गठबन्धनले शुक्रवार गर्ने भनिएको कार्यक्रमलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

शुक्रवार विहान भएको बम विष्फोटमा परि पैदलयात्री तेजबहादुर कार्की घाईते भएको स्थानीयले बताएका छन् । घार्इतेकाे अवस्था सामान्य रहेकाे छ ।

घट्ना पछि प्रहरी टोली घटनास्थलमा गएको धनकुटाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो । बम विष्फोट कसले गराएको हो भन्ने केहि खुल्न सकेको छैन् ।

Share It

Post Comments
थप समाचार