समाचार दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी
Ujyaalo

दैलेख, मंसिर २३ – दैलेखको क्षेत्र नं. १ प्रदेशसभा क का उम्मेदवार धर्मराज रेग्मी विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका कृष्ण कुमार विसीलाई १ हजार ५९६ मतले पछि पार्दै जीत हासिल गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका रेग्मीले १०३६० मत प्राप्त गर्नुभयो भने काँग्रेसका विसीले ८ हजार ७६४ मत प्राप्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार