समाचार बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
Ujyaalo

मंसिर २३ – स्याङ्जाका दुई प्रतिनिधिसभा र चार वटै प्रदेशसभाको मतगणना हुन सकेको छैन । क्षेत्र नम्बर २ मा भएको विवादका कारण अरु क्षेत्रमा पनि मतगणना हुन नसकेको हो ।

शनिबार दिउँसो १ बजेदेखि गणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो । बिहीबार दोश्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि बुथ कब्जा गरेको आरोपप्रत्यारोपमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच तनाव बढेपछि अहिलेसम्म मतगणना हुन नसकेको हो ।

 

Share It

Post Comments
थप समाचार