समाचार तनहुँबाट कांग्रेस बढारिँदै
Ujyaalo

मंसिर २३ – तनहुँ प्रतिनिधिसभा १ मा कांग्रेसका रामचन्द्र पौडेलविरुद्ध नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’को मतान्तर बढ्दै गएको छ ।

नेकपा एमालेका ‘किसान’ले १५ हजार ८ सय २४ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले १२ हजार ६ सय ६४ मत प्राप्त गर्नुभयो । पछिल्लो मतपरिणाम अनुसार पौडेल भन्दा श्रेष्ठ ३ हजार भन्दा धेरै मतले अगाडि हुनुहुन्छ ।

तनहुँ प्रतिनिधिसभा २ मा पनि वाम गठबन्धनका उम्मेदवार केदार सिग्देल अघि हुनुहुन्छ । अहिलेसम्मको मतगणना अनुसार सिग्देलले १५ हजार ५ सय २३ मत प्राप्त गुर्नभएको छ । उहाँलाई पछ्याउँदै कांग्रेसका उम्मेद्वार शंकर भण्डारीको १२ हजार ८ सय ८५ मत छ ।

Share It

Post Comments
थप समाचार