समाचार मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
Ujyaalo

जनकपुर, मंसिर २३ - धनुषा क्षेत्र नम्बर ४ मा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर गर्ने सहमतिमा मतगणना सुरु भएको छ ।

जनकपुर उपमहानगरपालिका १९ को मतदान केन्द्रका केहि मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना रोकिएको थियो । मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर गर्ने सहमतिमा मतगणना सुरु भएको हो ।

मतगणना रोकिदासम्म नेपाली कांग्रेसका महेन्द्र यादव १ सय ५७ मतले अघि हुनुहुन्छ । यादवले ३ हजार ७ सय ६७ मत पाउनु भएको छ भने दोश्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका महाजन यादवले ३ हजार ६ सय १० मत पाउनु भएको छ । तेश्रो स्थानमा रहेका नेकपा एमालेका रघुवीर महासेठले २ हजार ७ सय ९८ मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार