समाचार मुस्ताङका सवै निर्वाचन केन्द्रमा कर्मचारी पुग्दै
Ujyaalo

काठमाडौं, मंसिर ८ – हिमालपारीको जिल्ला मुस्ताङका धेरैजसो मतदान केन्द्रमा कर्मचारी पुगेका छन । मुस्ताङका ३७ मध्ये ३० वटा मतदान केन्द्रमा बिहिबार नै कर्मचारी पुगेको र बाँकी ठाउँमा आवश्यक सामाग्री सहित कर्मचारी शुक्रबार पुग्ने जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिनुभयो ।

माथिल्लो मुस्ताङ्का केहि केन्द्रका लागि खटिएका कर्मचारी आज बेलुकासम्ममा पुग्नेछन् । सुरक्षाकर्मीसँगै कर्मचारी पुगेका केन्द्रमा मतदाता परिचयपत्र वितरणको काम शुरु भइसकेको र बाँकी ठाउँमा कर्मचारी पुग्नासाथ वितरण शुरु हुने उहाँले बताउनुभयो ।

अहिले मौसम सफा रहेकाले हिमपात नहुने अनुमान गरिएको छ । जम्मा ९ हजार ४ सय २७ जना मतदाता रहेको मुस्ताङमा पछिल्लोपटक मार्फा र कागबेनीमा नमूना मतदान गरिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण मिश्रले जानकारी दिनुभयो ।

नमूना मतदानमा मार्फामा ३४ मत खसेकोमा दुई र कागबेनीमा ४० मत खसेकोमा एक मत बदर भएको थियो । मुस्ताङमा प्रतिनिसभातर्फ दुईवटा र प्रदेशसभातर्फ तीनवटा दल मात्र चुनावी प्रतिस्पर्धामा छन् ।

Share It

Post Comments
थप समाचार