समाचार बागी र वाम दुुबैलाई हराए कास्की कांग्रेसका विन्दुकुमार थापाले
Ujyaalo

पोखरा, २३ मसिंर - कास्कीको क्षेत्र नम्वर २ को प्रदेशसभा ख मा कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी हुनुभएको छ ।थापाले १० हजार ७ सय २६ मत प्राप्त गर्नुभयो ।

वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कास्की इन्जार्च राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा कांग्रेस नेता नरेशशंकर पालिखेले स्वतन्त्र रुपमा बागी उम्मेदवारी समेत दिनुभएको थियो ।

बागी हुँदाहुँदै पनि थापाले ८ सय २ मतले जित्नुभयो । बालक चुनाव चिह्न लिएर चुनाव लडेका पालिखेले१ हजार ३ सय मत ल्याउनुभयो । कास्कीमा ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेशसभा छन् ।मतगणना भैरहदाँ अरु सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छ ।

Share It

Post Comments
थप समाचार