समाचार बर्दिया क्षेत्र नम्बर १ मा वामका बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
Ujyaalo

बर्दिया, मंसिर २३ –बर्दिया क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बामदेव गौतमले अग्रता लिनु भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी देबराज भारतीका अनुसार नेकपा एमाले उपाध्यक्ष समेत रहनुभएका बामदेव गौतमले २१ हजार ७ सय ७१ मत सहित अग्रता लिईरहनु भएको छ ।

उहाँका प्रतिस्पर्धी सिँचाई मन्त्रि सञ्जयकुमार गौतम २० हजार १ सय ८० मत सहित पछ्याइ रहनुभएको छ । बामदेव गौतम, सञ्जय गौतम भन्दा १ एक हजार ५ सय ९१ मतले अघि हुनुहन्छ ।

यस्तै प्रदेशसभा १ को ‘क’ मा एमालेका कबिराम थारुले २० हजार ६ सय ६ मत सहित अग्रता लिनु भएको छ । उहाँलाई कांग्रेसका सोदे बिष्टले १७ हजार ६ सय ७० मत सहित पछ्याई रहनुभएको छ ।

Share It

Post Comments
थप समाचार