समाचार पर्सा ४ मा राजपाका लक्ष्मणलाल कर्ण झण्डै दोब्बर मतले अघि
Ujyaalo

पर्सा, मंसिर २३ – पर्सा क्षेत्र नम्बर ४ को प्र्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका लक्ष्मणलाल कर्णले अग्रता लिइरहनुभएको छ ।

उहाँले ५ हजार २ सय ५६ मत ल्याउनुभएको छ भने कांग्रेसका रमेश रिजालले २ हजार ९ सय ८६ मत ल्याउनुभएको छ । यस्तै माओवादी केन्द्रका उर्मिला अर्यालले भने ९२७ मत ल्याउनुभएको छ । अहिलेसम्म १० हजार ५०७ मत गणना भैसकेको छ ।

Share It

Post Comments
थप समाचार