समाचार उदयपुरमा गज्जव रमाइलो, पालैपालो अग्रता
Ujyaalo

उदयपुर, मंसिर २३ – उदयपुर क्षेत्र नम्बर १ मा मतगणनाको अपडेट आएपिच्छे रमाइलो हुने गरेको छ । अपडेट आएपिच्छे कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जु चौधरीले पालैपालो अग्रता लिने गरेका छन् ।

यसअघि चौधरीले अग्रता लिएकोमा पछिल्लो परिणाम आउँदा डाक्टर नारायण खड्काले १ सय २९ मतको अग्रता लिनुभएको छ । पछिल्लो विवरण अनुसार खड्काले ८ हजार ३ सय ५३ र चौधरीले ८ हजार २ सय २४ मत पाउनुभएको छ ।

मतगणनास्थल बाहिर बसेका दलका कार्यकर्ता र नागरिकले हरेक पटकको गणनाको परिणाम सुनेर रमाइलो मान्ने गरेका छन् ।

 

Share It

Post Comments
थप समाचार