
कैलाली, मंसिर २३ – नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतगणना शुरु भएदेखि नै अग्रता लिइरहनुभएको छ । कैलालीको क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवा पत्नी आरजु राणा सँग भिडेका नारदमुनि शुरु देखि नै अगाडि हुनुहुन्छ ।
प्रधानमन्त्री पत्नी आरजुसँग भिडेका कारण चर्चामा रहेका नारदमुनिले आरजुसँगको मतान्तर बढाउँदै लैजानुभएको छ । नारदमुनि र आरजुबीचको मतान्तर १ हजार १०४ छ ।
पछिल्लो मतपरिणाम अनुसार नारदमुनि रानाले १२ हजार ८२३ मत प्राप्त गर्नुभएको छ भने आरजु राणाले ११ हजार ७१९ मत प्राप्त गर्नुभएको छ ।
Share It
Post Comments
थप समाचार