समाचार कास्कीमा रविन्द्र अधिकारीको ह्याट्रिक
Ujyaalo

कास्की, मंसिर २३– कास्कीमा रविन्द्र अधिकारी विजयी हुनुभएको छ । कास्की क्षेत्र नम्बर २ मा अधिकारीले नेपाली कांग्रेसका देवराज चालिसेलाई पराजित गर्नुभएको हो ।

अधिकारीले ८ हजार ५ सय ४६ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार चालिसेलाई पराजित गर्नुभएको हो । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गर्नुभयो । अधिकारीले कास्कीबाटै ह्याट्रिक गर्नुभएको छ ।

२०६४ सालको संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी अधिकारीले १३ हजार ३ सय ८६ मत प्राप्त गर्नुभएको थियो । यस्तै उहाँ २०७० सालको चुनावमा पनि १३ हजार १ सय १० मत ल्याएर विजयी हुनुभएको थियो ।

अधिकारी संविधानसभामा र रुपान्तरित संसदमा विकास समितिको सभापति हुनुभएको थियो । युवा सभासदका रुपमा संविधानसभामा सक्रिय भूमिका खेलेका कारण अधिकारी सधै चर्चामा रहने नेतामध्येमा पर्नुहुन्छ ।

Share It

Post Comments
थप समाचार