समाचार कृष्ण बहादुर महरा जिततर्फ, १० हजार मतले अघि
Ujyaalo

दाङ, मंसिर २३– दाङको क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा जिततर्फ उन्मुख हुनुभएको छ । महराले ३० हजार ८ सय ८६ मत ल्याउनुभएको छ । कांग्रेसका राजु खनालले २० हजार ५ सय ५२ मत ल्याउनुभएको छ । क्षेत्र नम्बर २ को प्रदेश क मा एमालेका शंकर पोख्रेल विजयी भैसक्नुभएको छ । यस्तै प्रदेश ख मा अमरबहादुर डाँगी विजयी भैसक्नुभएको छ । क्षेत्र नम्बर २ मा ७३ हजार ७ सय ६७ मत खसेको थियो ।

 

 

Share It

Post Comments
थप समाचार