समाचार रसुवाका चार हजार मतदातालाई परिचयपत्र वितरण गरिँदै
Ujyaalo

रसुवा, मंसिर ८ – आइतबार हुने चुनावका लागि रसुवाका ४ हजार मतदातालाई मतदाता परिचय पत्र वितरण सुरु गरिएको छ । स्थानीय तहको चुनावमा परिचयपत्र बनाउन छुटेका नयाँ मतदातालाई परिचयपत्र वितरण गरिएको हो ।

४५ वटा मतदान केन्द्रबाट मतदान अधिकृतमार्फत मतदाता परिचयपत्र वितरण भैरहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

स्थानीय तहको चुनावपछि मतदाता नामावलीमा नाम समावेश भएका चार हजार ४८ जनाले मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताउनुभयो ।
गत बैशाख ३१ गते भएको चुनावमा २७ हजार ८ सय ५५ मतदाता रहेकोमा अहिले ३२ हजार तीन सय २३ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी खालिङका अनुसार परिचयपत्र लिइसकेका मतदाताले त्यही परिचयपत्र प्रयोग गर्न सक्नेछन् ।

मतदाता नामावलीमा नाम समावेश भएर परिचयपत्र नलिएका मतदाताले परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाउने कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप समाचार