समाचार मुगुको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा एमालेको जीत
Ujyaalo

मुगु, मंसिर २३ – हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा र दुवै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार गोपाल बहादुर बम १३ हजार ३४मत प्राप्त गरी विजयी हुनुभएको हो ।


उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८६१ मत प्राप्त गर्नुभयो ।
यस्तै एमाले उम्मेदवारहरु दान सिंह परियार र चन्द्र बहादुर शाही क्रमशः प्रदेशसभा ‘क’ र ‘ख’ बाट विजय हुनुभएको छ ।

प्रदेशसभा सदस्यमा विजयी दान सिंह परियारले ५ हजार ६५३ मत प्राप्त गर्दा काँग्रेसका तिलक बहादुर मल्लले ५ हजार २९९ मत प्राप्त गर्नुभयो । यस्तै प्रदेशसभा ‘ख’ बाट विजयी चन्द्र बहादुर शाहीले ६ हजार ८४५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका खड्ग शाहीले भने ४ हजार ६१२ मत प्राप्त गर्नुभयो ।

 

Share It

Post Comments
थप समाचार