समाचार दाङको प्रदेशसभामा एमालेको अर्को जित
Ujyaalo

दाङ, मंसिर २३ –दाङको प्रदेशसभामा एमालेले अर्को जित हात पारेको छ । दाङको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा एमालेका रेवतीरमण शर्माले १९ हजार ३ सय ५४ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी कांग्रेसका जानकीलाल बस्नेतले १२ हजार ७ सय ५३ मत ल्याउनुभयो । दाङको क्षेत्र नम्बर २ को ‘क’ मा एमालेकै शंकर पोख्रेल र ‘ख’ मा पनि एमालेकै अमरबहादुर डाँगी विजयी हुनुभएको छ ।

Share It

Post Comments
थप समाचार