समाचार आयोगले स्पष्टीकरण सोधेपछि कमल थापाले हटाए ट्वीट
Ujyaalo

काठमाडौं, मंसिर ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई निर्वाचन आयोगले २४ घण्टे स्ष्टीकरण माग गरेपछि थापाले आफ्नो ट्वीट हटाउनुभएको छ ।

निर्वाचन आयोगले आचारसंहिता विपरित कमल थापाले भोट मागेको भन्दै २४ घण्टे स्ष्टीकरण माग गरेको थियो । आयोगले स्ष्टीकरण माग गरेपछि मौन अवधिमा गरिएका आचारसंहिता विपरितका सबै ट्वीट थापाले हटाउनुभएको छ ।

थापाले ट्वीट हटाउँदै आफू आचारसंहिता लागुमा कटिबद्ध भएको बताउनुभएको छ ।

Share It

Post Comments
थप समाचार