समाचार मत पोष्टिङमा त्रुटि भेटिएपछि सप्तरी १ मा मतगणना रोकियो
Ujyaalo

सप्तरी, मंसिर २३ – सप्तरी क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फको मतगणना स्थगित भएको छ । मतगणनामा खटिएका कर्मचारीले मत पोस्टिङ्ग गर्दा त्रुटी गरेको फेला परेपछि तत्काल मतगणना स्थगित भएको निर्वाचन अधिकृत महेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

स्थगित हुने बेलासम्म ४० हजार मत गनिसकिएको छ । संघीय समाजवादी फोरम नेपालका डाक्टर सूर्यनारायण यादव १२ हजार ३ सय २३ मतसहित अघि हुनुहुन्छ ।

दोश्रोमा रहेका नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डलको ९ हजार १ सय ४१ र तेश्रोमा रहेका नेपाली कांग्रेसका रामदेव साह तेलीले ८ हजार ८ सय ३२ मत पाउनु भएको छ ।

रोकिएको मतगणना सुरु गर्ने बारेमा दलका प्रतिनिधिहरुसित अहिले छलफल भइरहेको बताउँदै निर्वाचन अधिकृत महेन्द्र भट्टराईले सहमतिपछि मगणना सुरु हुनु जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार