समाचार बर्दियामा एमाले उपाध्यक्ष बामदेव गौतमलाई खतराको घन्टी बज्यो
Ujyaalo

बर्दिया, मंसिर २३ –बर्दियाको क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई खतराको घन्टी बजेको छ ।

मतगणना सुरु भएदेखि शनिवार दिउँसोसम्म कांग्रेसका सञ्जय गौतमसँगको दूरी टाढै राखेका बामदेव गौतम शनिवार बेलुकादेखि भने ढुक्क हुने अवस्थामा हुनुहुन्न । पछिल्लो पटक गनिएका धेरैजसो मत कांग्रेसका गौतमको पोल्टामा परेपछि बामदेव खतरामा पर्नुभएको हो ।

बर्दिया १ मा बामदेव गौतमको २५ हजार ७ सय ४३ मत आएको छ भने कांग्रेसका सञ्जय गौतमले २५ हजार १ सय ३४ मत ल्याउनुभएको छ । सञ्जय गौतमलाई पछिल्लो पटक आएको मतले बामदेवलाइ तर्साइरहेको एमाले कार्यकर्ताको भनाई छ ।

Share It

Post Comments
थप समाचार