समाचार बदर मत स्वीकार गर्ने सहमतिपछि सप्तरी १ मा मतगणना सुरु
Ujyaalo

सप्तरी, मंसिर २३ – सप्तरी क्षेत्र नम्बर १ मा स्थगित भएको मतगणना सुरु भएको छ । मतगणनामा सहभागी कांग्रेसका प्रतिनिधिले बदर भएको मत पनि आफ्नै भएको भनेपछि मतगणना रोकिएको थियो ।

विवादपछि भएको छलफलमा कांग्रेसका प्रतिनिधिले बदर मत स्वीकार गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । स्थगित हुने बेलासम्म ४० हजार मत गणना भइसकेको थियो । संघीय समाजवादी फोरम नेपालका डाक्टर सूर्यनारायण यादव १२ हजार ३ सय २३ मतसहित अघि हुनुहुन्छ ।

दोश्रोमा रहेका नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डलको ९ हजार १ सय ४१ र तेश्रोमा रहेका नेपाली कांग्रेसका रामदेव साह तेलीले ८ हजार ८ सय ३२ मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार