समाचार कांग्रेसलाई मलमपट्टी लगाए चौधरीले
Ujyaalo

दाङ, मंसिर २४ –काङ्ग्रेसको गढ भनेर चिनिने दाङमा डिल्ली चौधरीले मलमपट्टी लगाउने भएका छ्न ।

दाङ ३ ‘क’ मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी १७०३५ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादी नेता जगप्रसाद शर्माले १४६९८ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म घोषणा भएको एउटा प्रतिनिधि सभा र चार प्रदेशसभा वाम गठबन्धनका उम्मेदवारले जितेका छन् । बाँकी २ प्रतिनिधिसभा र एक प्रदेश सभामा पनि वामगठबन्धन भारी मतले अगाडि छन । यो चुनाव मा उनी एक्ला कांग्रेसका जित्ने सभासद हुन् ।

Share It

Post Comments
थप समाचार