समाचार उपेन्द्र यादवलाई उमेश यादवको शुभकामना
Ujyaalo

शुभ नारायण यादव/उज्यालो ।

सप्तरी, २४ मंसिर – सप्तरी २ मा विजयी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उहाँका निकटतम प्रतिष्पर्धी उमेशकुमार यादवले बधाई र शुभकामना दिनुभएको छ ।

विज्ञप्ती निकालेर उहाँले चुनावमा जित हार स्वभाविक भन्दै यसलाई पराजयको रुपमा नलिएको उल्लेख गर्नुभएको छ । चुनावमा जित्नुभन्दा अघि पनि सप्तरीका नागरिकको बिचमै रहेर सेवा गरेको र यसअघि नागरिकले प्रतिनिधि बनाउँदा समेत जिम्मेवारीलाई इमान्दारीताका साथ निभाएको स्मरण गराउँदै उहाँले आउँदा दिनमा समेत नागरिकको बिचमै रहेर सेवा गर्ने र दुःखसुखमा साथ दिने प्रतिवद्धता समेत विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

उहाँले चुनावमा वाम गठबन्धन र आफूलाई मतदान गर्ने मतदाता तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार