समाचार सिरहामा प्रदेशसभातर्फ दुई क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी
Ujyaalo

सिरहा, मंसिर २४ – प्रदेशसभातर्फ सिरहाका दुई क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सिरहाको क्षेत्र नम्बर १ को क मा एमालेका लगनलाल चौधरी ११ हजार ५ सय ४२ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार चौधरीले १० हजार ६ सय ९९ मत ल्याउनुभयो ।

यस्तै क्षेत्र नम्बर ४ क मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दिलिप साह विजयी हुनुभएको छ । उहाँले ११ हजार १ सय २१ मत पाउनुभयो भने राष्ट्रिय जनता पार्टीका रामकुमार मण्डलले ९ हजार ९ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

 

 

Share It

Post Comments
थप समाचार