समाचार झलनाथ खनाल १७ हजार बढि मतले अगाडि, सुवास नेम्वाङलाई झण्डै ७ हजारको अग्रता
Ujyaalo

इलाम, मंसिर २४– इलाम १ मा नेकपा एमालेका उम्मेदवार झलनाथ खनाल १७ हजार १ सय ६७ मतले अगाडि हुनुहुन्छ । उहाँको ३६ हजार ८ सय ५ मत छ ।

उहाँका प्रतिस्पर्धि कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३८ मत पाउनु भएको छ । मतगणनाको सुरुदेखिनै एलाम १ मा खनालको अग्रता कामय छ ।

यस्तै क्षेत्रनम्बर २ मा पनि एमालेको अग्रता कायम छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका सुवासचन्द नेम्वाङ ९ हजार १ सय ८६ मतले अगाडि हुनुहुन्छ ।

उहाँ ३३ हजार ५ सय १६ मत सहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका केशव थापाले २४ हजार ३ सय ३० मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार