समाचार उदयपुरमा उम्मेदवारलाई लक्षित गरी बम विष्फोट
Ujyaalo

उदयपुर, मंसिर ८ –उम्मेदवारलाई लक्षित गरी उदयपुरमा शुक्रबार अज्ञात समूहले बम विष्फोट गराएको छ ।

जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका –७, नेपालटार बजारको चुनावी सभालाई सम्बोधन गरी फर्कदै गरेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का वाम गठबन्धनका उमेदवार सुरेश राई (हिमाल)लाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

बम विष्फोट भए पनि घटनाको प्रहरीले आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले उदयपुरगढी गाउँपालिका वडा नम्बर –७, नरेटार नजिकको पौवाखोला किनारामा बम पडकिएको खवर आए पनि यथार्थ जानकारी नआएकाले बुझ्ने काम भइरहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘उमेदवारसँग रहेका सुरक्षाकर्मीले आवाज ठूलो सुनेको खबर आएको छ, बम हो वा अरु केही हो भन्ने यकिन छैन्, बुझ्ने काम भैरहेको छ ।’

बम कसले पडकायो भन्ने यकिन नभए पनि यो क्षेत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रियाशील रहेकाले उसैले पडकाएको हुन सक्ने अनुमान छ । प्रहरीले घटनास्थललाई घेरा हाली खोजीकार्य जारी रहेको बताएको छ । उम्मेदवारलाई लक्षित गरी बम राखिए पनि उमेदवार पुग्नु अगावै पडकिएको थियो । बम घटनास्थल पुग्न १ किलोमिटर बाँकी छदै पडकियो ।

Share It

Post Comments
थप समाचार