समाचार बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि
Ujyaalo

बारा, मंसिर २४ – प्रतिनिधिसभा अन्तर्गत बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको अग्रता तोडिएको छ ।

मतगणनाको सुरुमा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएपनि केही समयमै नेपाली कांग्रेसका उमाकान्त चौधरीले उहाँलाई पछि पार्नुभएको थियो । त्यसपछि लगातार अग्रता कामय गरेका चौधरीलाई एमालेका मैनालीले पछिल्लो परिणाममा ६ सय ७८ ले पछि पार्नुभएको हो ।

चौधरीले १६ हजार हजार २ सय २८ मत ल्याउँदा मैनालीले १६ हजार ९ सय ३ मत प्राप्त गर्नुभएको छ । बाराको क्षेत्र नम्बर १ मा झण्डै ३५ हजार मत गन्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

Share It

Post Comments
थप समाचार