समाचार दुई नम्बर प्रदेशमा फोरमको अग्रता, सप्तरी १ बाट डा सूर्य नारायण यादव विजयी
Ujyaalo

सप्तरी, मंसिर २३ – प्रतिनिधिसभा अन्तर्गत सप्तरीको क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका डाक्टर सूर्य नारायण यादव विजयी हुनुभएको छ ।

उहाँले २१ हजार ७ सय १२ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डलले १८ हजार २ सय २५ मत ल्याउनुभयो भने तेस्रो भएका नेपाली कांग्रेसका रामदेव साह तेलीले १५ हजार २ सय २५ मत प्राप्त गर्नुभयो । 

डाक्टर सूर्य नारायण यादव पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बन्नु भएको हो । उहाँले एमबिबिएस गर्नु भएको छ । सद्भावना पार्टीबाट राजनीति सुरु गरेका यादव संघीय समाजवादी फोरमको साधारण सदस्य मात्रै हुनुहुन्छ । डाक्टर यादव फोरमका तर्फबाट विजयी हुने तेस्रो उम्मेदवार बन्नुभएको छ । यसअघि सप्तरी २ बाट फोरमका अध्यक्ष उपेन्द्र यादव र बाँके २ बाट मोहम्मद इश्तियाक राई विजयी भइसक्नुभएको छ । 

स्वास्थ्यकर्मी भएर लामो समय सेवा गरेका यादव सप्तरीको तिरहुत गाउँपालिकामा बस्दै आउनु भएको छ ।

Share It

Post Comments
थप समाचार