समाचार पर्वतमा वाम गठबन्धनको जित, ‘ह्याट्रिक’ गरेका कांग्रेस उम्मेदवार पनि हारे
Ujyaalo

सन्तोष थापा/उज्यालो ।

पर्वत, मंसिर २३ – दोश्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पर्वतबाट वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना परिणामबाट नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

पर्वतमा खसेका कुल ६९ हजार ८ सय ६३ मतमध्ये वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका छन् । विजयी गिरीले जोशीलाई १२ हजार ४ सय ५६ मतको अन्तरले पराजित गराएका हुन् ।

त्यस्तै प्रदेशसभा तर्फ पर्वत क मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार नेत्रनाथ अधिकारीले निकटम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज गुरुङलाई ४ हजार ८ सय २३ मतले पछि पार्दै विजयी भएका छन् ।

प्रदेश क तर्फ गणना भएका कुल ३९ हजार ३ सय ५१ मत मध्ये विजयी अधिकारीले २१ हजार ५ सय ८ मत प्राप्त गरेका थिए भने गुरुङले १६ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् ।

पर्वत प्रदेश ख तर्फ बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार विकास लम्साल विजयी भएका छन् । विजयी लम्सालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र तिवारीलाई २ हजार ८२ मतको अन्तरले विजयी हात पारेका हुन् । प्रदेश ख मा खसेका कुल ३० हजार ३ सय ८६ मत मध्ये लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका थिए भने तिवारीले १३ हजार ३ सय ५२ मत प्राप्त गरेका थिए ।

वाम गठबन्धनका उम्मेदवारको विजयसँगै पर्वतमा नेपाली कांग्रेसले सबै क्षेत्रमा हारेको छ । ०५६ सालको संसदीय चुनावसँगै २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा लगातार तेश्रो पटकसम्म विजयी हासिल गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले चौंथो पटकमा हार व्यहोर्नु परेको छ ।

Share It

Post Comments
थप समाचार