समाचार दाङ १ बाट विजयी हुने को हुन मेटमणी ?
Ujyaalo

दाङ, मंसिर २४–दाङको क्षेत्र नम्बर १ मा नेकपा एमालेका मेटमणी चौधरी विजयी हुुुनुभएको छ । मेटमणी चौधरीले २७ हजार ९ सय ८ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेसका २४ हजार ७४ मत ल्याउनुभयो ।

नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीले अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । उहाँको जन्म २०२९ सालको चैत १० गते गढवा ८ मानपुर देउखुरी, दाङमा भएको हो ।

जनता मावि गढवाबाट एसएलसी गरेकी चौधरीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट अर्थशास्त्रमा र महेन्द्र बहुमुखी क्याम्पस दाङबाट राजनीतिमा स्नातकोत्तर गर्नुभएको हो । मेटमणि चौधरी २०७१ सालमा एमाले वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाङ जिल्ला इन्चार्ज हुनुभएको छ ।
२०६३ मा एमालेको क्षेत्रीय अध्यक्ष र जिल्ला सचिवालय सदस्य बनेका चौधरी २०५९ मा अखिलको मध्यपश्चिम अध्यक्ष र २०५५ सालदेखि ०६१ सम्म अखिलको केन्द्रीय सदस्य हुनु भएको थियो ।

उहाँ २०४६ सालमा मावि गढवामा अखिलको अध्यक्ष, २०४९ र २०५३ सालसम्म महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सदस्य, २०४८ सालमा अखिलको क्षेत्रीय अध्यक्ष, २०५५ सालमा अखिलको जिल्ला अध्यक्ष र २०५७ सालमा अखिलको राप्ती अञ्चल अध्यक्ष हुनुभएको थियो । उहाँको हालको बसोबास गढवा— ८ मानपुर देउखुरी, दाङमा छ ।

Share It

Post Comments
थप समाचार