समाचार तनहुँमा कांग्रेसका शंकर भण्डारी हराउँदै उदाए सिग्देल
Ujyaalo

तनहुँ, मंसिर २४– तनहुँको प्रतिनिधिसभा २ मा नेपाली कांग्रेसका शंकर भण्डारी पराजीत हुनुभएको छ ।

भण्डारीलाई एमालेका केदार सिग्देलले ३ हजार २ सय ७९ मतले पराजित गर्नुभएको छ । सिग्देलले ३२ हजार ९ सय २४ मत प्राप्त गर्नुभएको छ भने भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

भण्डारी दुई पटक कांग्रेसका केन्द्रीय सदस्य बनिसक्नुभएको छ । भण्डारी २०७० सालको चुनावमा तनहुँबाटै ५ हजारभन्दा बढी मतले विजयी हुनुभएको थियो । सिग्देल शिक्षण पेशाबाट राजनीतिमा लाग्नुभएको हो ।

पहिलो पटक चुनावी परिणम आफ्नो पक्षमा पार्न सफल सिग्देल कानुनका विद्यार्थी समेत हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार