समाचार बारामा फोरमका यादव विजयी
Ujyaalo

बारा, मंसिर २४ – बारा क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरमका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

उहाँ २८ हजार १ सय ८५ मतसहित निर्वाचित हुनु भएको हो । उहाँले नेपाली कांग्रेसका राधेचन्द्र यादवलाई पछि पार्नुभयो । राधेचन्द्रले १५ हजार ७ सय ४१ मत पाउनुभयो । बारा २ मा नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा तेश्रो हुनभयो । उहाँले १० हजार ५ सय ४६ मत पाउनुभयो ।

२०४७ सालदेखि नेपाल सदभावना पार्टीको राजनीति थालेका यादव २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुभएको थियो । उहाँ ६४ सालको संविधानसभामा समानुपातिकबाट सभासद पनि बन्नुभएको थियो । अहिले यादव संघीय समाजवादी फोरम नेपालका महासचिव हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार