समाचार भाइलाई हराएर दाजु बने सांसद
Ujyaalo

सप्तरी, मंसिर २४ – प्रतिनिधिसभातर्फ सप्तरीको क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी हुनुभएको हो । उहाँले २२ हजार ८ सय ५४ मत प्राप्त गर्नुभयो । दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी नेपालको यो तेश्रो जित हो ।

उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत ल्याउनुभयो । नेकपा एमालेका ताराकान्त चौधरीले ११ हजार १ सय ८८ मत प्राप्त गर्नुभयो । तेश्रो भएका ताराकान्त चन्द्रकान्तका आफ्नै भाइ हुनुहुन्छ ।

चन्द्रकान्त चौधरीले लामो राजनीतिक समय नेपाली कांग्रेसमा बिताउनु भएको थियो । स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले टिकट नदिएपछि डाक्नेश्वरी नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका उहाँ पराजित हुनु भएको थियो । अहिले भने उहाँ फोरम नेपाल र राजपा गठबन्धनबाट सांसद चुनिनु भएको हो । दाइसँग हार्ने भाइ ताराकान्त वाम गठबन्धनबाट उम्मेदवार बन्नु भएको हो । 

Share It

Post Comments
थप समाचार