समाचार बर्दिया २ मा माओबादी केन्द्रका सन्तकुमार थारु विजयी ।
Ujyaalo

बर्दिया, मंसिर २४ – प्रतिनिधीसभा अन्तगर्त बर्दिया क्षेत्र नम्बर २ मा माओवादीका सन्तकुमार थारु १३ हजार ८ सय २० मतान्तरले विजयी हुनुभएको छ ।
वामगठबन्धनका उम्मेदवार थारुले ५० हजार ५ सय ५५ मत पाउनुभएको छ भने प्रतिस्पिर्धी कांगे्रसका गोपाल दहितले ३६ हजार ७ सय ३५ मत प्राप्त गर्नुभयो ।
को हुन् सन्तकुमार
२०२६ सालको भदौ महिनामा बर्दियाको बारबर्दिया नगरपालिका २ मा जन्मिएका सन्तकुमार थारु माओवादीका युवा नेता हुनुहुन्छ । युवक मावि जोगिगाउँ बर्दियाबाट एसएलसीसम्मको पढाइ पूरा गरेका थारुले भारतको रामजानकी कलेज रुपैडियाबाट आइए पास गर्नुभएको छ ।
माओवादीले जनयुद्ध थालेदेखि नै उहाँ पार्टीमा प्रवेश गर्नुभएको हो ।

२०५३ सालमा माओवादी प्रवेश गरेर राजनीति थालेका थारु माओवादीभित्रका खरा लडाकु हुनुहुन्थ्यो । विभिन्न आक्रमणको नेतृत्व गरेका थारुले माओवादीको जिल्ला सेक्रेटरी हुँदै बटालियन कमिस्नरसम्म बन्नुभएको थियो ।
२०६४ सालको चुनावमा बर्दियाबाट चुनाव जितेका थारु २०७० सालको चुनावमा पनि विजयी हुनुभयो । उहाँ अहिले माओवादीको पोटिलब्युरो सदस्य हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार