समाचार पर्साको प्रदेशसभामा फोरमको दोश्रो जित
Ujyaalo

पर्सा, मंसिर २४ – पर्साबाट प्रदेशसभामा फोरमले दोश्रो सिट जितेको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा कमा फोरम राजपा गठबन्धनका उम्मेदवार १ सय ६८ मत अन्तरले विजयी भएका हुन् ।

गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका उम्मेदवार अब्दुल रहिम अन्सारी मञ्जुरले ७ हजार ४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी चन्द्रकिशोर चौधरीले ६ हजार ८ सय ४५ मत प्राप्त गर्नुभयो ।

वाम गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एमालेका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीले ५ हजार ९ सय ८६ मत मात्रै पाउनुभयो । त्यस्तै नेपाल संघीय समाजवादी पार्टीका श्रीराम गिरीले ४ हजार २ सय ८४ मत ल्याउनुभयो ।

Share It

Post Comments
थप समाचार