समाचार जागिर छाडेर चुनाव लडेका कांग्रेसका २ नेता तनावमा
Ujyaalo

मंसिर, मंसिर २४ –प्रतिष्ठा र इज्जतको जागिर छाडेर चुनाव लडेका कांग्रेसका २ जना नेता चुनावी खतरामा छन् । प्रारम्भिक नतिजामा पछाडि परेपछि हुँदाखाँदाको जागिर छाडेर चुनावमा होमिएका नेता हरु यता न उता भएका छन् ।
भारतका लागि नेपाली राजदूत बनेका दीपकुमार उपाध्यायले कपिलवस्तु १ बाट चुनाव लड्नकै लागि राजदूतबाट राजिनामा दिनुभयो । एमाले, कांग्रेस र माओवादी छुट्टाछुट्टै चुनाव लडेको भए सायद दीपकुमार उपाध्याय विजयी हुने सम्भावना थियो । तर बाम गठबन्धन मिलेपछि दीप कुमार उपाध्याय आच्छु आच्छुमा पर्नुभएको छ । उहाँ माआवादीका चक्रपाणी खनाल भन्दा झन्डै २ हजार मतले पछि हुनुहुन्छ ।
यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइओबाट राजिनामा दिएर चुनाव लड्न प्यूठान पुगेका डाक्टर गोविन्दराज पोखरेल पनि खतरामै हुनुहुन्छ । प्यूठानमा बाम गठबन्धनबाट उम्मेदवार बनेकी जनमोर्चाकी दूर्गा पौडेलले पोखरेललाइ पछि पार्नुभएको छ । दूर्गा पौडेलको २२ हजार ५ सय मत आउँदा गोविन्द पोखरेलको १७ हजार मत मात्रै आएको छ ।

Share It

Post Comments
थप समाचार